राजनीति
सरकारको कार्यशैलीप्रति श्रम संस्कृति पार्टीको असन्तुष्टिः ‘झुटको राजनीति बन्द गरी परिणाममुखी काममा लाग्नुस्’
०

काठमाडौं , असोज १५ –
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा मुद्दाहरूमा परिणाममुखी काम गर्न चुनौती दिनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गर्नुभएको हो । प्रमुख सचेतक राईले सरकारको सुशासनको प्रतिवद्धता केवल नारामा मात्र सिमित रहेको आरोप लगाउनु भयो ।
राईले निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको भन्दै शिक्षा क्षेत्रको बेथितिप्रति ध्यानाकर्षण गराउनु भयो । भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि उहाँले प्रश्न गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























