राजनीति
युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न नीतिगत सुधारको खाँचोः सांसद न्यौपाने
०

काठमाडौं, असोज १५ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उहाँले युवा पुस्तालाई स्वदेशमै भविष्य देखाउन ठोस कार्ययोजना र कानूनी सुनिश्चितताको माग गर्नुभएको हो । सांसद न्यौपानेले नेपालको शिक्षा प्रणाली र युवाको श्रम बजारबीचको खाडललाई राष्ट्रिय समस्याका रूपमा प्रश्तुत गर्नुभयो । राज्यले युवालाई आफ्नै भूमिमा अवसर दिन नसक्दाको परिणामस्वरुप मुलुकले दक्ष जनशक्ति गुमाइरहेको उहाँले दाबी गर्नुभयो ।
उहाँले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न सके मात्र मुलुकको विकास सम्भव हुने बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























