राजनीति
विधेयक पारित गर्ने प्रक्रिया ‘म्याराथन’ जस्तो भयो, कानून निर्माणको गुणस्तर खस्कियो– रिमा विश्वकर्मा
०

काठमाडौं, असोज १४ –
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले संसदको कामकारबाही सञ्चालन शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा उहाँले केही दिनयता संसद ‘अटोमेटेड’ भर्सनमा सञ्चालन भइरहेको भन्दै हतारमा विधेयकहरू पारित गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउनुभएको हो । सांसद विश्वकर्माले एकै दिनमा तीनदेखि चारवटा विधेयक पेश गर्ने, छलफल गर्ने र ७२ घण्टाभित्र संशोधन हाल्नुपर्ने बाध्यात्मक अवस्थाले कानून निर्माणको गुणस्तर खस्किएको जिकिर गर्नुभयो ।
उहाँले विशेष गरी मातृत्व, गर्भपतन र प्रजनन स्वास्थ्यजस्ता महिलाको अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विधेयकहरूलाई एउटै ‘बास्केट’मा राखेर हतारमा पारित गरिएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























