राजनीति
नदीजन्य पदार्थ र काठको अव्यवस्थापनले तराई जोखिममाः सांसद झा
०

काठमाडौं, असोज १४ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा उहाँले नदीनालामा बग्ने बालुवा र जंगलबाट आउने काठलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा ती वस्तु नै विपत्तिको कारण बन्न पुगेको बताउनुभएको हो । सांसद झाले संसदमा बोल्दै प्रकृतिको सदुपयोग हुन नसक्दा त्यो वरदानको सट्टा अभिशाप बन्दै गएको तर्क गर्नुभयो । विशेषगरी, बाढीको समयमा नदीमा आउने ठूलो परिमाणको बालुवा र काठ तराईतर्फ बग्दा स्थानीय बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























