राजनीति

मुस्ताङमा प्राकृतिक विपत्तिको कहरः ७२ घण्टादेखि ‘ब्ल्याकआउट’ र सम्पर्कविहीन

०
Banner

काठमाडौं, असोज १४ –

अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि राज्यको सम्पर्कबाट लगभग विच्छेद (आइसोलेटेड) भएको छ ।

विद्युत प्रशारण लाइनमा क्षति पुगेपछि जिल्लाभर ‘ब्ल्याकआउट’ भएको छ भने बेनी–जोमसोम–कोरोला सडक खण्डका ४६ स्थानमा क्षति पुग्दा स्थानीय जनजीवन र राष्ट्रिय आपूर्ति प्रणालीसमेत प्रभावित बनेको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा मुस्ताङका नेपाली काँग्रेस सांसद योगेश गौचन थकालीले मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउनु भयो । एजेन्सी

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>