देश/प्रदेश

बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह

०
Banner

काठमाडौं, असोज १३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले बालेन सरकारले आफूसँगै सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछाडि सुराकी लगाएको बताएका छन्।

डा. सिंहले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सरकारले आफ्नो पछाडि सुराकी लगाइरहेको बताएका हुन्। ‘हिजो पनि जो बोल्थ्यो, त्यसको विरुद्धमा सुराकी लगाउँथ्यो। आज पनि जो बोलिराखेको छ, त्यसको विरुद्धमा सुराकी छ,’ उनले भने, ‘चाहे अमरेश सिंह छ, चाहे रवि लामिछाने छ, प्रचण्ड। जो बोल्छ, त्यसलाई सुराकी आइहाल्छ।’

उनले राजनीतिक दलका नेताको पछाडिभन्दा पनि अपराधिक गतिविधि नियन्त्रणका लागि सुराकी लगाउनुपर्ने बताए। ‘कुनै अपराधिक गतिविधिको विरुद्धमा हुनुपर्ने हो,’ उनले भने।

सरकारले सुराकी लगाइरहेको बताएपछि प्रस्तोता ऋषि थपलियाले थप स्पष्ट पार्न खोजे। उनले प्रश्न गरे– तपाईको पछि सुराकी लगाइरहेको छ, सरकारले?

त्यसको जवाफमा डा. सिंहले आफूले प्राप्त गरेको जानकारीका आधारमा सुराकी लगाएको बताए। ‘मैले जहाँसम्म जानकारी छ। मेरो मात्रै होइन, सभापतिलाई पनि छ। रवि लामिछानेलाई पनि छ,’ डा. सिंहले प्रश्न गरे, ‘तपाईले देशमा अपराध कन्ट्रोल गर्नलाई सुराकी प्रयोग गर्नुको सट्टा नेता नेताको घरको अगाडि सुराकी राख्यो भने पाउने के?’

आफ्नो पछाडि सुराकी लगाएर केही नहुने उनको भनाइ थियो। ‘राजनीति गर्ने मान्छेले, म राजनीतिज्ञ हुँ। मैले नेता नभेट्ने त कलाई भेट्ने? आफ्नो सभापतिलाई भेट्छु, पार्टीको नेतालाई भेट्छु। अरु पार्टीको नेतालाई भेट्छु,’ सिंहले भने।

त्यसपछि प्रस्तोता थपलियाले रास्वपा सभापति लामिछाने र सांसद सिंह जुनसुकै बेला पक्राउ पर्नेसक्ने विषयमा प्रश्न गरेका थिए। त्यसको जवाफमा सांसद सिंहले त्यसका लागि तयार रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>