राजनीति

राष्ट्रियसभा बैठकः चाडपर्वमा खाद्य आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

Banner

काठमाडौँ, असोज ८ –

राष्ट्रिय सभाका सांसदहरुहले चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्यन्नको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडवाडमा आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सहज अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाई जनतालाई राहत दिन आग्रह गर्नुभयो ।

सांसद भुवनबहादुर सुनारले ग्रेजोन मिडियामा नेपाल सम्बन्धी आएको समाचार बारेमा स्पष्ट पार्न सरकारसँग आग्रह गर्नुभयो । सांसद मदनकुमारी शाह (गरिमा)ले जापानका लागि राजदूत सिफारिस हुनुभएका व्यक्तिको उक्त देशको ‘पिआर’ रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो बारेमा सत्यतथ्य जानकारी गराउन माग गर्नुभयो । सांसद युवराज शर्माले शिक्षा, स्वास्थ्य, व्यापार, जनताको सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजेन्द्र लक्ष्मी गैरेले त्रिपुरेश्वर चोकमा केही दिन अघि चालकसँग भएको विवाद र चालकले आत्मदाह गरेको समाचारका बारेमा सरकारसँग स्पष्ट जानकारी माग गर्दै त्यस्तो अवस्थामा राज्यका निकायले संवाद गरेर मनाउनुपर्नेमा सो नभएको भन्दै टिप्पणी गर्नुभयो ।

सांसद सरेशकुमार आलेमगरले भोटेकोशीमा गएको बाढी जलवायु परिवर्तनका असरका कारण भएको बताउँदै अनुकूलनका क्षेत्रमा स्थानीय आदिवासी, जनजातिसँग भएका सिप र अनुभवको सहयोग लिनुपर्नेमा जोड दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>