राजनीति

सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

Banner

सप्तरी, असोज ५ –

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताउनुभएको छ।

गृह जिल्ला सप्तरी पुग्नुभएका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उहाँले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिनुभएको हो।

तीनवटै सडक रु ७३ करोडमा निर्माण गर्ने गरी सम्झौता भए पनि पाँच वर्षमा रु ३० करोड बराबरको मात्र काम भएपछि यसअघिका ठेक्का रद्द गरिएको थियो। अब नयाँ ठेक्कामार्फत निर्माण कार्य अघि बढाउने तयारी भइरहेको मन्त्री यादवले बताउनुभयो।

नयाँ सम्झौतापछि १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो। चाडपर्व नजिकिएकाले तत्काल सर्वसाधारणको आवतजावत सहज बनाउन तथा धुलो नियन्त्रण गर्न सडकमा प्राइम छर्किने व्यवस्था मिलाइने उहाँको भनाइ छ।

तीनवटै सडकको ठेक्का रद्द भएपछि निर्माण कार्य अलपत्र परेको अवस्थामा नयाँ ठेक्कामार्फत काम अघि बढ्ने भएपछि स्थानीयमा आशा बढेको कङ्कालिनीकी सुशीला यादवले बताउनुभयो। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>