मनोरञ्जन

भाइरल भोटे’को तीज गीत ‘चिरी च्याट्टै’ सार्वजनिक (भिडियो)

Banner

चितवन, भदौ २७-

नेपाली टेलिसिरियल ‘भाइरल भोटे’ ले तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘चिरी च्याट्टै’ तयार गरेको छ । मनोरञ्जनसँगै तीजको मौलिकता र नेपाली समाजको परिवेशलाई समेटेर गीत तयार गरिएको हो ।

गीतमा पुष्प आचार्यको शब्द तथा ईश्वरराज काफ्लेको संगीत र अनामिका मल्लको स्वर रहेको छ । चिरी च्याट्टै’को भिडियोमा विशाल श्रेष्ठ, मुक्ति अधिकारी र पूर्णिमा थापाको अभिनय रहेको छ । गीतको छायांकन सञ्जय कुँमालले गरेका छन् ।

त्यस्तै, गीतको निर्देशन, कोरियोग्राफी तथा सम्पादन सुमित लामाले गरेका हुन् । तीजको सांस्कृतिक पक्ष, मनोरञ्जन र सामाजिक परिवेशलाई केन्द्रमा राखेर गीतको भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

भाइरल भोटे’ टेलिसिरियलमार्फत दर्शकमाझ परिचित कलाकार तथा प्राविधिक टोलीको सहभागितामा तयार भएको ‘चिरी च्याट्टै’ तीज विशेष सामग्रीका रूपमा दर्शकमाझ ल्याइएको हो ।

निर्माण पक्षका अनुसार गीत तथा भिडियोले नेपाली मौलिक तीज संस्कृति, मनोरञ्जन र समसामयिक विषयलाई जोड्ने प्रयास गरेको छ । अर्गानिक मिडिया युटुब बाट गीत सार्वजनिक भएसँगै दर्शक तथा तीजप्रेमीबाट राम्रो प्रतिक्रिया पाएको निमार्ता, लेखक विशाल श्रेष्ठ (धर्तीपुत्र) ले बताउनु भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>