देश/प्रदेश
मन्त्रिपरिषद्को बैठक बस्दै
०

काठमाडौँ, भदौ २५
नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अनुसार प्रधानमन्त्री शाहले उक्त समयमा बस्ने गरी बैठक बोलाउनुभएको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन् ।
सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























