देश/प्रदेश

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने

Banner

काठमाडौं, भदौ १६-

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबार बैठक बस्ने तय भएको हो ।

दिउँसो १ बजे बैठक बस्ने तय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । उनका अनुसार बैठकमा सबै दलको तर्फबाट एक–एक जना सांसदले धारणा राख्नेछन् । त्यसपछि भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको शोकमा मौन धारणा गरिनेछ ।

बैठक बिहीबार पनि बस्ने तय भएको छ । भदौ १० गते बैठक बसेको थियो । त्यसपछि ११ गतेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>