देश/प्रदेश
बाढी प्रभावित जिल्लामा ६ करोड ५७ लाख निकासा, प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब बढी जम्मा
०

काठमाडौं, भदौ १३-
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच अर्ब भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सार्वजनिक गरेको विवरण अनुसार कोषमा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जिम्मा भएको हो ।
सरकारले सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापनका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मात्रै रकम पठाउन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























