राजनीति

तत्काल राष्ट्रिय शोक घोषणा गरेर उद्धार र राहतमा लागौंः महामन्त्री पौडेल

Banner

काठमाडौं , भदौ १० –

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विपद्को यस घडीमा राज्यको सम्पूर्ण सामथ्र्य प्रयोग गरेर प्रभावित नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारमा जुट्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले बाढीबाट भएको ठूलो क्षतिले सिङ्गो देशलाई गहिरो शोकमा पारेको उल्लेख गर्दै तत्काल राष्ट्रिय शोक घोषणा गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

पौडेलले दुःखद परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्ण सदस्य, आम नागरिक, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आ–आफ्नो ठाउँबाट उद्धार तथा सहयोगमा सक्रिय रूपमा जुट्न अपिलसमेत गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>