राजनीति

मंगला देवी सिंहको योगदानले लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका स्थापित ग¥यो : प्रकाशमान सिंह

Banner

काठमाडौं, भदौ १० –

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय मंगला देवी सिंहले पु¥याएको योगदानको स्मरण गर्दै महिलाको समान सहभागिताबिना समाजको समग्र विकास सम्भव नहुने बताएका छन् ।

बुधबार स्वर्गीय मंगला देवी सिंहको ३०औँ स्मृति दिवसका अवसरमा शोभा भगवतीमा आयोजित कार्यक्रममा बोल्दै उनले २००७ सालमा प्रजातन्त्र स्थापना गर्नेदेखि त्यसपछिका हरेक राजनीतिक आन्दोलनमा महिलाको महत्वपूर्ण योगदान रहेको बताए ।

उनले समाजलाई साइकलका दुई पांग्रासँग तुलना गर्दै महिला र पुरुष दुवैको समान सहभागिताबाट मात्रै समाज अघि बढ्न सक्ने बताए । महिलाले पुरुषसरह राजनीतिक, सामाजिक तथा नागरिक अधिकारका लागि संघर्ष गर्नुपर्नेमा मंगला देवी सिंहले सुरुदेखि नै जोड दिएको उनले बताए ।

‘उहाँले आफ्नो जीवनकालमा यो जुन नेपालमा प्रजातान्त्र प्रजातन्त्र स्थापना २००७ सालमा उहाँले निर्वाह गर्नुभएको भूमिका, र त्यसपछि यो हरेक राजनीतिक आन्दोलनमा यो प्रजातान्त्रिक मूल्य मान्यता र अधिकार जनतालाई दिलाउनेमा पुरुष सरह महिलाहरूले पनि योगदान पु¥याउनुपर्छ,’ उनले भने, ‘समाजलाई समाज दुई वटा पांग्रामा यो साइकलको पांग्रा जस्तै महिला र पुरुष दुवैको समान रूपमा यो जसरी साइकल अगाडि बढाउनलाई दुवै चक्का राम्रोसँग सञ्चालन भयो भने अगाडि बढ्छ ।’

सिंहका अनुसार नेपाल महिला संघको स्थापना २००४ सालमा भएको थियो । त्यसअघि २००३ सालमा बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतको नेतृत्वमा नेपाल राष्ट्रिय कांग्रेस स्थापना भएको र २००५ सालमा सुवर्णशमशेरको नेतृत्वमा नेपाल प्रजातान्त्रिक कांग्रेस गठन भएको थियो । २००६ सालमा दुबै कांग्रेसबीच एकीकरण भई नेपाली कांग्रेस बनेको उनले उल्लेख गरे ।

 

राणा शासनको समयमा महिलालाई घरबाट बाहिर निस्केर राजनीतिक तथा सामाजिक गतिविधिमा सहभागी हुनसमेत कठिन रहेको अवस्थामा मंगला देवी सिंहले नेपाल महिला संघ स्थापना गरेर महिलालाई संगठित आवाज उठाउने आधार तयार गरेको सिंहले बताए ।

उनले मंगला देवी सिंहले महिलाका अधिकारका विषयलाई राजनीतिक आन्दोलनसँग जोड्दै अघि बढाएको बताए । विशेषगरी सम्पत्तिमा छोरासरह छोरीको पनि समान अधिकार हुनुपर्ने तथा राज्यका विभिन्न तहमा महिलाको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषयमा उनको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

मंगला देवी सिंहले पार्टीभित्र मात्रै नभई राष्ट्रिय राजनीतिक आन्दोलनमै महिलाका मुद्दालाई प्राथमिकताका साथ स्थापित गरेको बताए । सिंहले महिलालाई अवसर र अधिकार दिनुपर्ने मान्यता स्थापित गर्न उनको योगदान महत्वपूर्ण रहेको बताए । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>