राजनीति

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच टुंगियो मन्त्रालय भागबन्डा, कुन दललाई कति?

Banner

हेटौंडा, भदौ ३-
बागमती प्रदेशमा तीन दलबीच ८ मन्त्रालयको भागबन्डा टुंगिएको छ । सहमतिअनुसार नेकपाले सभामुखसहित २ मन्त्रालय, एमालेले मुख्यमन्त्रीसहित ३ र राप्रपाले ३ मन्त्रालय पाउने भएका छन् ।

नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय लिनेछ । एमालेले भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय पाउनेछ ।

राप्रपाले स्वास्थ्य तथा सामाजिक विकास, कृषि तथा पशुपन्छी विकास र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय पाउने सहमति भएको छ । सभामुख नेकपाले पाउने र उपसभामुख एमालेकै कायम रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>