देश/प्रदेश

मान्छेको अमूल्य ज्यान केवल तथ्याङ्क र अङ्कमा सीमित नगर्न आग्रह

Banner

काठमाडौँ, भदौ २-

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढी–पहिरोले पुर्‍याएको क्षति र नागरिकले भोग्नुपरेको सास्तीबारे संसद्को ध्यानाकर्षण गराएकी छन्।

आजको बैठकमा धितालले रोल्पाको थवाङ, सुनछहरी र लुङ्ग्रीमा गएको बाढी–पहिरोमा परेर हालसम्म १७ जनाको मृत्यु भइसकेको र अझै धेरै व्यक्ति बेपत्ता रहेको बताइन्।

धितालले मान्छेको अमूल्य ज्यान केवल तथ्याङ्क र अङ्कमा सीमित भएको देख्दा डर लाग्ने बताइन्। उनले भनिन्, ‘१७ जनाको मृत्यु वा बेपत्ता हुनु भनेको केवल सङ्ख्या होइन, १७ वटा संसार र सपनाहरू चिनिनु हो। कसैको काख रित्तिँदाको पीडा कुनै राहतको पोका वा प्याकेजले मेटाउन सक्दैन।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>