देश/प्रदेश
प्रधानमन्त्रीलाई वर्षमानको आग्रह– मन्त्रीलाई कन्ट्रोल गर्नुस्
०

काठमाडौं, भदौ २-
नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई आफ्ना मन्त्रीहरूलाई ‘कन्ट्रोल’ गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले गैरजिम्मेवार रूपमा राज्य चल्न नसक्ने बताए । “प्रधानमन्त्रीज्यूलाई ध्यानकर्षण गराउँछु– आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस् । विपद्को स्थिति के भइरहेको छ । त्यसबारे काम गर्नुस्,” उनले भने ।
विपद्को राहत पुर्याउनुपर्ने र उद्धार गर्नुपेर्ने समयमा मन्त्री भ्रमणमा जाँदा हेलिकोप्टरबाट फर्काइएकोमा उनले टिप्पणी गरे । उनले के भयो भनेर प्रश्न गर्दा घरमा आराम गरिरहेको जवाफ दिइएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























