राजनीति

उपसभामुख ठाकुरले दिइन् किशोर श्रेष्ठविरूद्ध प्रहरीमा जाहेरी

Banner

काठमाण्डौँ, भदौ १-

उपसभामुख रुबी ठाकुरले जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध चरित्र हत्या र प्रतिष्ठामा आँच पुर्याएको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् ।
उपसभामुख ठाकुरले ललितपुर प्रहरी परिसरमा जाहेरी दर्ता गराएकी हुन्, जसको प्रहरीले अध्ययन गरिरहेको छ ।

यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशनको विषयमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
काठमाडौँ । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरूद्ध जाहेरी दिएकी छन् । सोमबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् । उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टि गरे । उनले भने, ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ।’

ठाकुर विरुद्ध जनआस्थामा केही दिनअघि एउटा सामाग्री प्रकाशन भएको थियो । उपसभामुखले सो पत्रिकाले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्नेगरी अनलाइन सामग्री प्रकाशित गरेको भन्दै ठाकुरले उनलाई कारबाही गर्न माग गरेकी छन् ।
यसअघि बुधबार साँझ पक्राउ परेका किशोरी श्रेष्ठलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेको छ । साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए । सो प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>