राजनीति

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

Banner

हेटौँडा, भदौ १-
बागमती प्रदेशको प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि भदौ ४ गते अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम भदौ १ गतेदेखि लागू हुनेगरी दिनुभएको राजीनामा प्रदेश प्रमुख देवकोटाले स्वीकृत गर्नुभएको छ । राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>