राजनीति

अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल

Banner

काठमाडौं, साउन २२ –

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेकी छन् ।

भेटका क्रममा परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्यायप्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्रीसमक्ष राख्नुभएको थियो। मन्त्री बादीले परिवारका भनाइ गम्भीरतापूर्वक सुन्दै उनीहरूले भोग्दै आएको पीडाप्रति गहिरो संवेदना व्यक्त गरिन् ।

मन्त्री बादीले न्यायका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था कुनै पनि नागरिकका लागि दुःखद भएको उल्लेख गर्दै पीडित परिवारको आवाज सुन्नु, मानव अधिकारको संरक्षण गर्नु तथा विधिको शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताइन् ।

उनले सत्य, न्याय तथा संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै पीडित परिवारका जायज सरोकार सम्बन्धित निकायसम्म पु¥याउन आवश्यक समन्वय र पहलमा मन्त्रालय आफ्नो जिम्मेवारीअनुसार सक्रिय रहने स्पष्ट पारिन् ।

मन्त्री बादीले जातीय विभेद, सामाजिक अन्याय तथा कुनै पनि प्रकारका भेदभावविरुद्ध राज्य दृढतापूर्वक उभिनुपर्ने धारणा व्यक्त गर्दै संवैधानिक हकको प्रत्याभूति, समानता र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सबै निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन् । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>