देश/प्रदेश
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप
०

जनकपुर, साउन १७-
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच पुनः वार्ता भएको छ ।
आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार ९हिजो० सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो ।
थपिएका मागहरुप्रति गृहमन्त्री सकारात्मक देखिएका छन् भने उनले काठमाडांै पुगेर मागहरु कार्यान्वयन गर्नेतर्फ आफूले कुनै कसर नछाड्ने प्रतिबद्धता जाहेर गरे । हिजो दुई चरणमा भएको छलफलमा १३ बुँदे मागपत्र गृहमन्त्री गुरुङलाई बुझाइएको थियो । तर कतिपय मागहरु प्रष्ट नभएको र केही मागहरु थप्नुपर्ने भन्दै हिन्दूवादी युवाहरुले विरोध जनाएका थिए । त्यसपछि आज विहान गृहमन्त्री गुरुङले पुनः वार्ता आह्वान गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























