देश/प्रदेश

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

Banner

काठमाडौँ, साउन १७-

नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।

‘देश र कांग्रेस जोड्ने अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो । पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य समेत रहनुभएका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिनुभएका डा शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताउनुभयो ।

पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाब दिने उद्देश्यले साउन २० गते भेला गर्न लागिएको जानकारी दिनुभयो । पार्टी एकताको आवश्यकता देखेर कांग्रेस जोड्ने अभियान आजैदेखि सुरु गरिएको उहाँले बताउनुभयो । भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका नेता महरले बताउनुभयो ।

कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area