देश/प्रदेश

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयोः पूर्वराष्ट्रपति भण्डारी

Banner

काठमाडौं, साउन १७-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गरेकी छन् ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन् ।

उनले भनिन्, ‘सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्नुभएका सम्पूर्ण अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभयो । आज भन्दा आठ दशक अघिको त्यो समयमा नेपालमा एमए पास गर्ने सिमित व्यक्तिहरुमध्ये उहाँ एकजना हुनुहुन्थ्यो । त्यतिबेला उहाँसँग प्रतिष्ठित र सहज जीवन बिताउने प्रशस्त अवसरहरु थिए । तर उहाँले व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो रोज्नु भएन । बरु किसान, मजदूर र उत्पिडत समुदायको हक र अधिकारका लागि संघर्षको कठिन र चुनौतिपूर्ण बाटो रोज्नुभयो ।’

उनले करिब आठ दशकअघि नेपालमा एमए उत्तीर्ण गर्ने सीमित व्यक्तिमध्ये अमात्य एक रहेको उल्लेख गर्दै त्यतिबेला उहाँसँग प्रतिष्ठित र सहज जीवन बिताउने पर्याप्त अवसर भए पनि व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो नरोजेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीका अनुसार अमात्यले किसान, मजदुर र उत्पीडित समुदायको हकअधिकारका लागि संघर्षको कठिन र चुनौतीपूर्ण बाटो रोजेका थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा रहेका अमात्यले पार्टी निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध श्रमजीवी जनताको संघर्षलाई संगठित गर्न महत्वपूर्ण योगदान पुर्याएको उनले बताइन् ।

विशेषगरी बारा, रौतहट र सर्लाहीमा अमात्यको नेतृत्वमा भएका ऐतिहासिक किसान आन्दोलनले किसानहरूमा अधिकारप्रतिको चेतना अभिवृद्धि गर्न र उनीहरूलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेलेको भण्डारीको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area