कृषि
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा

काठमाडौँ, साउन १०-
प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुग्नुभएको छ ।
धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गर्नुभएको हो ।
कृषिमन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मललगायत प्रयोग बढाउन आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
रासायनिक मलमाथिको निर्भरता पनि घटाएर दीर्घकालीनरुपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ । धनुवाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गर्नुभएको हो ।
यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपूरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गर्नुभएको छ । रासस

























