मनोरञ्जन

चलचित्र ‘आकाश वर्षा’को घोषणा

Banner

काठमाडौं, असार ३१ –

निर्माता जनक घर्ती मगरले चलचित्र ‘आकाश वर्षा’को घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै जनकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । ‘मितज्यू’ हलबाट उत्रिएको छोटो समयमै उनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन् । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको देखिएको छ ।

बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ ।

चलचित्रको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन ।

पछिल्लो समय लभस्टोरी सिनेमा कमै मात्रै बनिरहेका बेला जनकले यो जनराको सिनेमा बनाउने भएका हुन् । उनले यसुअघि दुईवटा चलचित्र सोसल ड्रामा निर्माण गरेका थिए ।

निर्माता जनक स्वयंको परिकल्पना रहेको चलचित्रका लेखक अमीर मगर रहेका छन् । जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्र निर्माण गरेका थिए ।

यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने जिम्मेवारी लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>