मनोरञ्जन

‘दुश्मन हेरेको हेर्‍यै’पछि फेरि एउटै गीतमा दुर्गेश र प्रियंका

Banner

काठमाडौं, असार ३१ —

चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ को सफलतापछि गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की फेरि एउटै सांगीतिक परियोजनामा देखिएका छन्। प्रियंका कार्कीको निर्माणमा बनेको आगामी फिल्म ‘मास्टर्नी’ को प्रवर्द्धनका लागि तयार गरिएको विशेष गीत सार्वजनिक गरिएको हो। दुर्गेशकै शब्द, संगीत तथा स्वर रहेको उक्त गीतमा गायिका बबिना किराँती ले पनि स्वर दिएकी छन्।

आयोजित समारोहमा सार्वजनिक गरिएको यो गीत फिल्मको कथाभित्र समावेश भने हुने छैन। दुर्गेशले फिल्मको प्रचार–प्रसारका लागि उपहारस्वरूप यो गीत प्रियंकालाई दिएको जानकारी दिए। गीतको म्युजिक भिडियो प्रदीप लामा को निर्देशन तथा नृत्य निर्देशनमा तयार गरिएको छ। भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल फिचर्ड छन्।

आयंका फिल्म्स को प्रस्तुतिमा निर्माण भएको ‘मास्टर्नी’ का निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रणित कार्की रहेका छन्। फिल्ममा प्रियंकासँगै सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, रक्षा थापा, सिम्रन खड्का, अनुपविक्रम शाही र दिनेश काफ्ले लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्म भदौ ५ गते देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>