राजनीति

नेकपाका ६ नेता एमालेमा प्रवेश

Banner

काठमाडौँ, असार २५ –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्यलाई पार्टी प्रवेश गराउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा भएको उक्त कार्यक्रममा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुमा कार्कीसहित राधेश्याम गुप्ता(रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) हुनुहुन्छ ।

सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्यालयगायत नेता सहभागी हुनुहुन्थ्यो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>