राजनीति

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

Banner

विराटनगर, असार १६ –

कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।

कोशी प्रदेशसभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताउनुभयो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम(३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ः०० बजे बस्ने समय निर्धारण गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>