राजनीति
विदेशी शक्तिले नेपाललाई द्वन्द्वमा फसाउन खोजे, सरकारको रवैया सन्देहास्पद: माधव नेपाल

काठमाडौं, असार १४-
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधव कुमार नेपालले विदेशी शक्तिहरुले नेपाललाई द्वन्द्वको भुमरीमा फसाउन खोजेको भन्दै कम्युनिस्टहरु देशभक्तिको बलियो संवाहक बन्नुपर्ने बताएका छन्।
आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप रोक्न कम्युनिस्ट एकता र राष्ट्रिय शक्तिहरुबीचको सहकार्यमा जोड दिए।
सह(संयोजक नेपालले विदेशीहरुले देशमा हालिमुहाली चलाउन खोजेको र छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन लागेको भन्दै सतर्कता अपनाउनुपर्ने बताए।
‘विदेशी शक्तिहरुले जसरी आँखा लगाएका छन्, त्यसले यो देश द्वन्द्वको ठूलो भुमरीमा पर्न बेर छैन,’ उनले भने, ‘छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाऔं, यसमा हामीले बहुत सतर्क हुनुपर्छ। वर्तमान सरकारको यस सम्बन्धमा रवैया सन्देहास्पद छ।’


























