राजनीति

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर खनाल

Banner

काठमाडौँ, असार १२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्रीको दाबीबाट पछि हटेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै परराष्ट्रमन्त्री समेत रहेका खनालले आफू पार्टीको महामन्त्री पदको दाबीबाट पछि हटेको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘सहमतिको चाहना लाई सम्मान गर्दै ‌,पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास ‌ र पार्टीलाई थप सशक्त बनाउन मैले‌ दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु । यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’

उनले पार्टीलाई थप सशक्त बनाउन आफूले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हटेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>