राजनीति

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

Banner

चितवन, असार १० 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आउनुभएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उहाँ आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो भने मङ्गलबारको बन्दसत्रमा सहभागी हुनुभएको थियो । महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित हुनुभएको छ । यहाँ रहँदा उहाँले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>