चितवन विशेष
रास्वपाको महाधिवेशनमा सेना परिचालन गरिएको समाचारप्रति चितवन प्रशासनको ध्यानाकर्षण
०

चितवन, असार ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सेना परिचालन गरिएको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ती जनाएको छ । जिल्ला सुरक्षा समितिले आज जारी गरेको विज्ञप्तिमा उक्त समाचार पूर्ण रूपमा कपोलकल्पित रहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।
समितिले यस्ता आधारहीन तथा भ्रामक समाचारप्रति खेद प्रकट गर्दै सम्बन्धित सबैलाई तथ्यहीन सूचनाको भ्रममा नपर्न आग्रह समेत गरेको छ। साथै, सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीलाई आग्रह पनि गरेको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा भोलिदेखि ९ गते सम्म चितवनमा हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























