देश/प्रदेश

विष्णु माझीको स्वरमा झोर्ले हजुर सार्वजनिक (भिडियो सहित)

Banner

काठमाडौँ, जेठ ३१-

नेपाली लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गायिका विष्णुको स्वरमा झोर्ले हजुर बोलको नयाँ गीत सार्वजनिक भएको हो ।

शनिबार सार्वजनिक ‘झोर्ले हजुर’ मा विष्णुसँगै गायक बाबुकृष्ण परियारको स्वर छ। यसको शब्द रमेश बिजीको हो भने बाबुकृष्णकै संगीत छ। संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन्।

गायिका विष्णु माझीले विगत केही वर्षयता आफ्नाभन्दा बाहिरी गीतहरूमा स्वर दिन पूर्णतः छाडेकी थिइन्। तर, यो विष्णुको यो धेरै वर्षपछि सार्वजनिक आफ्नो सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरी गीत हो।

मगर संस्कृति र भाषामा अभिवादनका लागि प्रयोग गरिने शब्द झोर्लेलाई बिम्ब बनाएर गीत तयार पारिएको छ। यसको भिडिओमा गायक बाबुकृष्ण स्वयंका साथमा सुजैन सिंह खड्काको नृत्य तथा अभिनय देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडिओमा अमृत चापागाईंको सम्पादन, बुद्ध थापाको छायांकन छ। भिडिओ बाबुकृष्ण परियारको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>