मनोरञ्जन
युट्युबमा सार्वजनिक भयो ‘आई लभ यू मम’, देव आरएनको अभिनयको प्रशंसा

काठमाडौँ, जेठ ३० –
आमाको निस्वार्थ माया, त्याग र सन्तानप्रतिको समर्पणलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली लघु चलचित्र ‘आई लभ यू मम’ युट्युबमार्फत सार्वजनिक भएको छ। म्याङ्गो प्लेजर प्रा.ली.को प्रस्तुति रहेको उक्त चलचित्रले सार्वजनिक भएलगत्तै दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
निर्देशक रिहान मियाको निर्देशनमा बनेको यस चलचित्रमा देव आरएन एन्जल श्रेष्ठ, आरजू अधिकारी तथा पुजन लामिछानेको अभिनय रहेको छ। चलचित्रको छायांकन तथा सम्पादन कपिल मगरले गरेका हुन्।
चलचित्रमा विशेषगरी देव आरएनको अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको छ। आमाप्रतिको माया, भावनात्मक संघर्ष र पारिवारिक सम्बन्धलाई उनले स्वाभाविक र मार्मिक ढंगले प्रस्तुत गरेका छन्। सामाजिक सञ्जालमा धेरै दर्शकहरूले देव आरएनको अभिनयलाई चलचित्रको बलियो पक्षका रूपमा उल्लेख गर्दै प्रशंसा गरिरहेका छन्।
आमाको माया र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ। निर्माण टिमका अनुसार चलचित्र सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित गरिएको हो।
सार्वजनिक भएको छोटो समयमै सकारात्मक प्रतिक्रिया बटुलिरहेको ‘आई लभ यू मम’ मा कलाकारहरूको अभिनय, कथावस्तु र भावनात्मक प्रस्तुतिको प्रशंसा भइरहेको छ। विशेषगरी देव आरएनले निभाएको भूमिकाले दर्शकको मन जित्न सफल भएको निर्माण पक्षको विश्वास रहेको छ।
नेपाली मौलिक कथामा आधारित ‘आई लभ यु मम’ अहिले देब आरएन अफिसियल युट्युबमा हेर्न सकिनेछ ।
























