राजनीति
मुगु रास्वपा पार्टी सभापति पदमा बिर्खबहादुर मल्ल विजयी

मुगु ,जेठ २७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको पहिले अधिवेशन बाट सभापति पदमा बिर्खबहादुर मल्ल विजयी भएका छन् । प्रथम जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयनको लागि भएको मतदान प्रक्रिया मल्ल विजयी भएका हुन ।
मगंलबार निर्वाचनको मतगणना कार्यमा सभापति पदका उम्मेदवार बिर्ख बहादुर मल्ल ४३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मनोज कुमार शाहीले ६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक सुशील कुमार भामले जानकारी गराए ।
उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी विजय कुमार मल्लले १३ मत प्राप्त गरे । सचिव पदमा रामु विक २५ मतसहित निर्वाचित हुँदा नन्द बहादुर मल्लले २१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सदस्य पदमा जय धर्म जैसी ३९ मत, गोरख बहादुर कुमाईं ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका त्यसैगरी सदस्य पदमा अर्का उम्मेदवार खडक बहादुर शाहीले २९ मत प्राप्त गरेका छन् । रास्वपाको प्रथम जिल्ला अधिवेशनमा दुई दिन सम्म आपसी सहमति हुन नसेको मंगलबार निर्वाचन प्रक्रिया बाट नेतृत्व चयन गरिएको छ ।
निर्वाचित सभापति मल्ले आउँदा दिनमा पाटिमा अवद्ता भएका सदस्यहरूलाई समेटेर लिनुका साथै पार्टीलाई बलियो मजभुत र जिल्ला हुने भष्ट्रचार बेथिति, नागरिकमा हुने अन्यविरुद्ध लड्नुका साथै, जिल्ला भरि रहेका सबै बस्ती वडापालिका घण्टी मय बनाई निलो करान्ति बनाउनको लागि सबै सदस्यलाई आग्रह समेत गरेका छ । पुराना दलको हबिगत देखेर नयाँ रास्वपाको उदय भएको हो पार्टीको लक्ष्य उदश्य अनुसार अगाडि बढ्न सबैलाई निर्देशन दिएका छन् । न्यूज बैंक

























