मनोरञ्जन

दुर्गेशको नयाँ गीत ‘नाच नाच भाइ नाच’ बाट छोरा दक्षितले गरे अभिनय डेब्यू

Banner

काठमाडौँ, माघ ११-

ग्लोबल हिट गीत ‘दुश्मन हेरेको हेर्‍यै’ र युट्युबमा २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाएको ‘जाने भए जाम माया’ पछि चर्चित गायक तथा संगीतकार दुर्गेश थापाले पुनः नयाँ गीत सार्वजनिक गरेका छन्।

हिजो (शनिबार) साँझ दुर्गेशले नयाँ गीत ‘नाच नाच भाइ नाच’ सार्वजनिक गरेका हुन्। दुर्गेशले आफ्नो र छोरा दक्षित थापाको जन्मदिनको अवसर पारेर ‘नाच नाच भाइ नाच’ सार्वजनिक गरेका हुन् ।

उनले नयाँ गीत सार्वजनिक गर्नुका साथै, यही गीतमार्फत छोरा दक्षितलाई अभिनय क्षेत्रमा पनि डेब्यू गराएका हुन्। दुर्गेशकै शब्द र संगीत रहेको यस गीतमा दुर्गेश थापा, राजेशपायल राई, वर्षा इटानी र भ्योमाको आवाज सुन्न सकिन्छ भने र्‍याप भाग भ्योमाले गाएका छन्।

गीतको भिडियोमा दुर्गेशसँगै सुरजसिंह ठकुरी, इभा गिरी, रोशन अधिकारी, भ्योमा र पेमा लामा फिचर्ड छन्। यस्तै यसअघि दुर्गेशले युट्युबमा दुई ऐतिहासिक कीर्तिमान बनाइसकेका छन्। उनको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ केवल ३ दिनमै युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्न सफल भएको थियो भने, ‘जाने भए जाम माया’ ले २० घण्टामै १६ लाखभन्दा बढी भ्यूज प्राप्त गर्दै २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने नेपाली गीतको इतिहास बनाएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>