मनोरञ्जन

गायक दुर्गेशको नयाँ तयारी, ‘नाच नाच नाच भाई नाच’ गीत बजारमा ल्याउँदै

Banner

चितवन, पुस २८-

लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेश थापा पुनः संगित क्षेत्रमा धमाका गर्न तयार देखिएका छन् । उनको नयाँ गीत ‘नाच नाच नाच भाई नाच’ को शूटिङ्ग औपचारिक रूपमा सुरु भएर आज सक्किएको छ । उक्त शुटिङ्गको फोटो र भिडियो उनले आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दा अहिले नै दर्शक तथा श्रोताको उत्साह बढाइदिएका छन् । अहिलेको नयां गीतमा स्वर दुर्गेश थापा, राजेश पायल राई, वर्ष इटानी र ¥यापर सुरज क्षेत्री (भियोमा) को ¥याप समेत रहेको छ ।

दुर्गेश थापाले पछिल्लो समय लगातार सफल गीतहरू सार्वजनिक गर्दै आएका छन । विशेषगरी, केही समय अघि बजारमा आएको गीत ‘दुश्मन हेरेको हेरै’ ले युट्युबमा १५ करोडभन्दा बढी भ्यूज बटुलेर सबै ध्यान आकर्षित गरेको थियो। त्यो गीत भाइरल बनेसँगै संगीत क्षेत्रमै नयाँ उत्साह पैदा भएको थियो। त्यस्तै गरी जाने भए जाम माया गीत अहिले दुई करोड ५० लाख भियुज बटुली सकेको छ । सो गीत छ महिना अघि सार्वजनीक भएको थियो । जसले टिकटक, फेसबुक र युट्युब सट्र्समा छिट्टै नै स्थान पायोको थियो। फ्यानहरूको प्रतिक्रियाले उनी लगातार हिट गीतहरूका मालिक बनेको पुष्टि गरिरहेको छ।
दुर्गेश थापाको गीत पछिल्लो समय नेपाल मात्र होइन, विदेशमा पनि चर्चामा रहेका छन्। विदेशी दर्शक, नेपाली डायस्पोरा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सक्रियताका कारण उनका गीतहरू विश्वभरका विभिन्न प्लाटफर्ममा ट्रेन्डिङ्ग सूचीमा छिर्न सफल भएका छन्।
नयाँ गीत ‘नाच नाच नाच भाई नाच’ ले पनि त्यही लहरलाई अझ उचाइमा पुर्याउने विश्वास थापाले राखेका छ्न्।
गीतमा आकर्षक कोरियोग्राफी, नयाँ लोकेशन र भिजुअल स्टाइल रहने अनुमान गरिएको छ।
शूटिङ्ग सुरु गर्दै थापाले नारायणी अनलाईन सगं कुरागर्दै भने “यो गीत पनि धमाका पक्कै हुन्छ” भन्दै फ्यानहरूलाई प्रतीक्षा गर्न अपिल गरेका छन्।“हामीले दर्शकको माया पाएका छौँ, यसपटक पनि नयाँ ऊर्जा र शैली दिन्छौं।”. यो गीतलाई १० माघमा युट्युबमा रिलिज गर्ने तयारी छ । उक्त दिन दुर्गेश र उनका छोरा दक्षित दुबैजनाको जन्मदिन भएको सो अवसरमा गीत ल्याउन लागिएको दुर्गेशले बताए । विजु पार्कीको निर्देशन र रुपेश थापाको छायांकन रहेको यो गीत भव्य बनेको दुर्गेशले बताए । गीतको छायांकन सकिएलगत्तै दुर्गेश हेलिकप्टर चार्टर गरेर प्रस्तुतिको लागि गोरखा पुगेका थिए । जहाँ, उनले दर्शकको बाक्लो उपस्थितीमा भब्य प्रस्तुति दिए । प्राप्त तस्वीरमा उनले आफ्ना हिट गीतमा दर्शक झुमाएको देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>