बजार

विजय लघुवित्तको एफपीओ बिक्री खुला

Banner

काठमाडौं,पुस २१-

विजय लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) सोमबार ९पुस २१० देखि बिक्री खुलेको छ । लघुवित्तले संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत सेयर स्वामित्व कायम गर्न एफपीओ निष्कासन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका चार लाख ६६ हजार ८१७ कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो । यसको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि पुस २४ सम्म आवेदन दिन सकिनेछ ।

सोमबार कार्यालय समयदेखि लगानीकर्ताले विभिन्न माध्यमबाट आवेदन दिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>