मनोरञ्जन

सिक्किममा दुर्गेश थापाको धमाकेदार प्रस्तुतिः हजारौं दर्शले दिए साथ

Banner

सिक्किम,मंसिर १६-

लोकप्रिय गायक तथा परफर्मर दुर्गेश थापा पछिल्ला वर्षहरूमा नेपाली सांगीतिक जगतका अत्यन्तै चर्चित नाम बनेका छन्। यतिबेला उनी निरन्तर सांगीतिक यात्रामा व्यस्त छन्। अमेरिका भ्रमण सकिएलगत्तै थापा सीधा सिक्किमको राजधानी ग्यानटोक पुगेका छन् । विश्व एड्स दिवसको अवसर पारेर सोमबार ग्यानटोकको प्रसिद्ध एमजी रोड क्षेत्रमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो। राति ९ बजेदेखि सुरु भएको कार्यक्रममा दुर्गेश थापाले एकपछि अर्को आफ्नै चर्चित गीतमार्फत वातावरणलाई झनै तातो बनाएका थिए।

दुर्गेशले कार्यक्रममा आफ्ना १० भन्दा बढि चर्चित गित गायका थिए । जसमा दुश्मन हेरेको हेरै , जानी भए जाम माया, बम बम भोले भोले , बिच्च बिचमा, डन आयो डन जस्ता गीतमा थापाले प्रस्तुति दिएका थिए । एमजी रोड वरिपरि साँझदेखि नै ठूलो भीड जम्मा भइसकेको थियो, र थापाको स्टेज प्रवेशसँगै भीड एकैपटक सङ्गीतमय बनेको थियो । कार्यक्रमकै क्रममा ग्यानटोकका चियरम्यान तेन्जिङ दोर्जेले दुर्गेश थापालाई औपचारिक स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए।

थापाले सिक्किममा भेटिएको माया र साथप्रति कृतज्ञता व्यक्त गर्दै आफूलाई थप ऊर्जा मिलेको बताए। दुर्गेश थापाले नारायणी अनलाइनसँग कुरा गर्दै भनेका छन “अबको केही दिनमा नेपालका विभिन्न शहरमा मेरा कार्यक्रम छन्।” त्यसबाहेक उनले नेपालको कार्यक्रम सकेलगत्त युरोप टुरका लागि प्रस्थान गर्ने तयारी रहेको समेत बताएका छन । अमेरिका टुरदेखि सिक्किम, अनि नेपाल हुँदै युरोप टुरले थापाको अझ लोकप्रियता बड्दै गएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>