भिडियो
छोरा र एलिनासंग मिलेर हेमन्त शर्माले ल्याए ‘मेरो गिदी नखाउँ’ (भिडियो)
०

काठमाडौँ, भदौ ११–
सदाबहार चर्चित गायक हेमन्त शर्माले पुराना र युवा पुस्ताको रोजाईलाई फ्युजन गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् ।
गायिका एलिना चौहान र आफ्नो जेठो छोरा हिरक हेमन्त भट्टराईसंग मिलेर शर्माले ‘मेरो गिदी नखाउँ’ बोलको गीत आफ्नै युट्युव च्यानल मार्फत आज सार्वजनिक गरेका हुन् ।
यस गीतमा युवा पुस्ताले रुचाउनै र्याप शैलीमा छोरा हिरकले स्वर भरेका छन् । गीतमा हेमन्त र हिरकै शब्द र संगीत रहेको छ । यस गीतको भिडियोमा अहिलेको चर्चित मोडल डोना थापा मगर र देवी गर्वुजा मगर र निकिसा श्रेष्ठलाई देख्न सकिन्छ ।
मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























