मनोरञ्जन
नाटक खेल्न नेपाल आइपुगे जीवन लुइँटेल
०

काठमाडौँ, असार २९-
चर्चित अभिनेता जीवन लुइँटेल नेपाल आइपुगेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता लुइँटेल नाटक खेल्न नेपाल आएका हुन् ।
कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘शिरिषको फूल’को शीर्ष भूमिकामा उनले अभिनय गर्नेछन् । पारिजातको चर्चित उपन्यासको मुख्य पात्र सुयोगवीरको चरित्रमा उनी देखिनेछन् । कान्तिपुर थिएटरले साउन पहिलो सातादेखि यो नाटक मंचनको तयारी थालेको कलेज प्रमुख प्रकाश पुरीले जनाए ।
७ वर्षपछि उनी अभिनयमा फर्किन लागेका हुन् । उनको पछिल्लो फिल्म ‘सुकुलगुण्डा’ सन् २०१८ मा रिलिज भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























