बलिउड/हलिउड
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान

नयाँ दिल्ली, वैशाख २३-
बलिउडका बादशाह शाहरुख खान न्यूयोर्कमा आयोजित मेट गाला २०२५ मा सहभागी भएका छन् । फ्यानहरू गालामा अभिनेताको डेब्यू लूकलाई लिएर निकै उत्साहित थिए ।
तर, उनको लुक हेरेपनि फ्यानहरू निराश देखिएका छन् । शाहरुखले प्रसिद्ध डिजाइनर सब्यसाची मुखर्जीले डिजाइन गरेको पहिरन लगाएका थिए । तर नेटिजन्सहरु सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यो लुकलाई सरल र निराशाजनक भनेका छन् । शाहरुखको शानदार उपस्थितिले मात्र लुकलाई बचाएको नत्र मेट गाला जस्तो ठूलो मञ्चमा ड्रेस अपेक्षित नभएको धेरैको भनाइ थियो ।
डिजाइनरसँग रिसाए फ्यान
मेट गाला यसको अनौठो विषयवस्तु र शानदार फेसनको लागि परिचित छ । त्यसैले प्रशंसकहरूले शाहरुखबाट असाधारण कुराको अपेक्षा गरिरहेका थिए । तर सब्यसाचीले डिजाइन गरेको पहिरन र गहनाले धेरैलाई निराश बनायो । ‘शाहरुखको उपस्थितिको लागि १०० अंक, तर पहिरन एकदमै साधारण थियो र गहना पनि राम्रो लागेन,’ सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन् ।
शाहरुखको लुकमा सबैभन्दा बढी चर्चा भएको कुरा ‘के’ लेखिएको उनको नेकलेस थियो । केहीले यसलाई ‘माफिया भाइब’को बताए । अर्का एक प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘मेट गाला भव्यताको प्लेटफर्म हो र म शाहरुखको लुक उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको थिएँ । तर उनको अद्भुत व्यक्तित्व बाहेक, अरू सबै कुरा नीरस थियो । विशेष गरी त्यो ‘के’ हार, जसले पूर्ण माफिया भाइब दिइरहेको थियो । शाहरुख रोमान्स र रोयल्टीका लागि परिचित छन्, डिजाइनमा यी दुवै कुराहरू हुनुपर्थ्यो,’ उनले लेखेका छन् ।
धेरै प्रयोगकर्ताहरूले सब्यसाचीको गहना छनौटमाथि प्रश्न उठाएका छन् । एक फ्यानले लेखे, ‘पूर्ण रूपमा निराश…शाहरुखको उपस्थितिले सबै कुरा बचायो!’ अर्का प्रयोगकर्ताले आक्रोश व्यक्त गर्दै कमेन्ट गरेका छन्, ‘सब्यसाचीले किन यति सस्तो देखिने गहना दिए रु माणि, मोती वा नीलम जस्ता विलासी गहना कहाँ गए ? अनि पहिरनको त झन् कुरै नगरौँ ।’
शाहरुख मेट गालामा गएको यो पहिलो पटक हो । सामाजिक सञ्जालमा उनका तस्बिरहरूमा मानिसहरूले निरन्तर टिप्पणी गरिरहेका छन् । कामको कुरा गर्ने हो भने शाहरुख चाँडै नै ‘किङ’ नामक फिल्ममा देखिँदै छन् । यस फिल्ममा उनीसँगै अभिषेक बच्चन र सुहाना खान पनि देखिनेछन् । यो फिल्म सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । एजेन्सी
























