मनोरञ्जन
फिल्म ‘अञ्जिला’ले १२ दिनसम्म कति कमायो ?
०

काठमाडौं, चैत १२
महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । मिलन चाम्स निर्देशित फिल्मले आगामी सप्ताहन्त ५ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण छ ।
सोमबार रातीसम्म फिल्मले देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ । यो तथ्यांक पछिल्लो समय कुनै नेपाली फिल्मले गरेको उत्साहजनक तथ्यांक हो ।
‘अञ्जिला’को यो कमाइ हेर्दा यो फिल्मले पछिल्लो समयका हिट ब्यानर र कलाकारका फिल्मको कमाइलाई पनि उछिनेको छ । २ करोड रुपैयाँ लगानीमा बनेको फिल्मले विदेशबाट मात्र लगानी सुनिश्चित गरिसकेको निर्देशक चाम्सले बताए ।