मनोरञ्जन

‘नेपाल आइडल सिजन ६’को अडिसन चैत पहिलो सातादेखि सुरु हुने

Banner

काठमाडौँ, फागुन १९-

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ६’ अडिसन चैतको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनबीच नेपाल आइडल टिमले अडिसनबारे जानकारी दिएको हो।

यस सिजनको निर्णायक मण्डलमा सुरुवाती तीन सिजन तथा पाँचौँ सिजनका निर्णायकहरू न्हु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन्। त्यसैगरी, कार्यक्रम प्रस्तोता आसिफ शाह हुनेछन्।

यस्तै यस सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ। जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>