मनोरञ्जन
एलिनालाई रचना र समीक्षाको हौसला, कसले के लेखे ?

काठमाडौँ, माघ ३०-
गायिका एलिना चौहानको सम्बन्धविच्छेद भएपछि गायिकाद्वय रचना रिमाल र समीक्षा अधिकारीले उनलाई ढाडस दिएका छन् ।
मंगलबार काठमाडौं जिल्ला अदालतले चौहानको सम्बन्धविच्छेद मुद्दाको छिनोफानो गरेको थियो । त्यसपछि गायिकाद्वय रिमाल र अधिकारीले एलिनालाई ढाडस दिँदै सामाजिक सञ्जालमा स्टाटस लेखका छन् । समीक्षा र रचना दुवैले एलिनालाई दिदी सम्बोधन गरेर पत्र लेख्दै मनोबल उच्च पार्न आग्रह गरेका छन् ।
उनीहरूले आफूहरू सधैँ साथमा रहेको भन्दै एलिनालाई कमजोर महसुस नगर्न आग्रह गरेका छन् । के भनेकी छन् समीक्षाले रु दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ । जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो । हिजो मलाई अन्यायविरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो । आज हिंसा र यातनाविरुद्ध जीवनको सारथीबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ । सलाम छ । बहिनीका रूपमा म सधै तपाईंको साथमा रहिरहनेछु । बि स्ट्रङग ।
यस्तै रचनाले पनि लेखेकी छिन्, ‘अन्ततः आज तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ । दिदी, अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ । अरु खुशी आउँदै, जाँदै गर्छन्, तर मनको खुशी आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदी ।’