भिडियो
बालेनले गाएको गीत ‘नेपाल हाँसेको’ केही घण्टामै युट्युब ट्रेन्डिङमा

काठमाडौँ, माघ २९-
चलचित्र ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो।
बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ।
‘नेपाल हाँसेको…बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्याप छ। गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ।
बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो।
लाज शरणम्’ ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङको संज्ञा दिएको छ। यो गीतले चलचित्रको हाइप थप बढाएको छ।
चलचित्र ‘लाज शरणम्ुले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा… बोलको गीत सार्वजनिक गरेको थियो।
चलचित्रलाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा सक्किगोनिु टिमको छ।
‘लाज शरणम्’ को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ।
























