बलिउड/हलिउड
फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
०

काठमाडौँ, माघ २२-
फिल्म ‘मिराई’ छायांकन सकेर बलिउड अभिनेता जगपति बाबु भारत फर्किएका छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’को छायांकनका लागि सोमबार नेपाल आएका उनी छायांकन सकेर मंगलबार भारत फर्किएका हुन् ।
यसै फिल्मका लागि अभिनेत्री श्रीया शरण केही दिन अगाडि काठमाडौँ आएकी थिइन् ।
फिल्मको अहिलेको छायांकन दोस्रो चरणको हो। फिल्मको केही अघि पहिलो चरणको छायांकन पनि नेपालमै भएको थियो ।
फिल्म १६ दिनसम्म नेपालका विभिन्न ठाउँमा छायांकन हुनेछ । फिल्म काठमाडौँ, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताइन्छ ।