भिडियो

बुवा बन्दै सागर लम्साल ‘बले’

Banner

काठमाडौं, माघ १८-

चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । विवाह गरेको सात महिनामै बले बुबा बन्ने भएका हुन् ।

असार ३० गते उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेर सबैलाई सरप्राइज दिएका थिए । स्नेहा ५ महिनाकी गर्भवती छिन् । बलेले कुरा गर्दै आफू पिता बन्न लागेको बताए । ‘म यतिबेला लक्की महसुस गरिरहेको छु’ बलेले भने, ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’

उनको महत्वपूर्ण भूमिका रहेको कथानक फिल्म ‘लाज शरणम’ शिवरात्रीदेखि रिलिज हुँदैछ । फिल्मको टिजर हेर्दा बलेको रोल यसमा अर्थपूर्ण र महत्वपूर्ण हुने देखिएको छ । यसबाहेक टिभी श्रृंखला ‘सक्किगो नि’ले उनलाई लोकप्रियता दिलाइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>