खेलकुद

भरतपुर उपमेयर कप भलिबलः महिलातर्फ सेमीफाइनल समीकरण पूरा

Banner

चितवन, माघ १७–
भरतपुर महानगरपालिकाको आयोजनामा जारी अन्तर वडा उपमेयर कप (महिला/पुरुष) भलिबल प्रतियोगिता २०८१ अन्तरगत महिलातर्फको सेमीफाइनल समीकरण पूरा भएको छ ।

भरतपर–१०, स्थित गेष्टहाउस चौरमा जारी प्रतियोगिताको महिलातर्फको पहिलो सेमीफाइनलमा शुक्रबार भरतपुर वडा नं.२७ र वडा नं.१३ बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमीफाइनलमा वडा नं.२२ र वडा नं.२३ (बी) टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यस्तै पुरुषतर्फ आज ६ वटा खेल सम्पन्न भएका छन् । आजको खेलमा भरतपुर वडा नं.२७, वडा नं.१३, वडा नं.१६, वडा नं.२८ (बी), वडा नं.२० र वडा नं.२५ विजयी भएका छन् । भोलि दोस्रो चरणका खेल हुनेछन् । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको हिजो भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समुद्घाटन गर्नुभएको थियो भने उपप्रमुख चित्रसेन अधिकारीले सभापतित्व ग्रहण गर्नुभएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०र१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>