मनोरञ्जन

गायिका रचना रिमालले सार्वजनिक गरिन् अफिसियल लोगो

Banner

काठमाडौं, माघ १७-

गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन् । अर्घाखाँची महोत्सवको मंचबाट रचनाले लोगो सार्वजनिक गरेकी हुन् । उनले लोगोमा अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथाको आकृति झल्कने गरि डिजाइन गरेकी छिन् ।

कलाकार मनोज गजुरेलले रचनाको लोगो सेयर गर्दै आफ्नो कर्म र पहिचान जीवन्त राख्ने सिर्जनशिल प्रक्रिया रहेको बताउँदै बधाइ दिएका छन् । उनले लोगोमा रङ खेल्न पाए अझै राम्रो हुन्थ्यो भनेर सुझाव समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>